सांसद दीपक मनाङ्गे नेकपा प्रवेश गर्ने

Halesi

पोखरा । गण्डकी प्रदेशसभाका स्वतन्त्र सदस्य (सांसद) राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा प्रवेश गर्ने भएका छन् । नेकपा कास्की जिल्ला पार्टी कार्यालमा बिहीबार एक कार्यक्रम गरी उनी नेकपा प्रवेश गर्ने भएका हुन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । नेकपा प्रवेश गर्ने नेता कार्यकर्तालाई कुन भूमिका दिने विषयमा छलफल भइरहेको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । ‘हामीले समाजवादी पार्टीबाट अझै विद्यार्थी र केही र्शिष नेतालाई प्रवेश गराउन छलफलगरी रहेका छौं’ श्रेष्ठले भने ।

१० मंसिर ०७४ मा भएको पहिलो चरणको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका उनी विजय भएको केही समयपछि फौजदारी मुद्दा अन्र्तगत वैशाख ०७५ मा जेल चलान भएका थिए । ज्यान मार्ने उद्योग अन्तर्गत जेल चलान भएका उनी ६ पुस ०७५ मा सर्वोच्च अदालतको आदेशले धरौटी र तारेखमा रिहा भएका थिए । अदालतको आदेश पछि धरौटिमा रिहा भएका उनले १२ पुसमा सपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए भने करिव १ महिनापछी १४ माघ ०७५ मा उनले सपथ खाएका थिए ।

यस अघि सांसदको सपथ लिए पछि उनले आफू कुनै पार्टीमा प्रवेश नगर्ने तर सरकारलाई भने समर्थन गर्ने बताएका थिए । सरकारले राम्रो काम गरे समर्थन गर्ने भन्दै उनी स्वतन्त्र सांसदको हैसियतमा सत्ता पक्षको बेञ्चमा बस्दै आएका थिए ।नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया