गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान १ करोड ठगीको आरोपमा पक्राउ

Halesi

काभ्रे– गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठगी गरेको आरोपमा लामा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले पुष्टि गरे । यसअघि पनि लामा ठगी गरेकै आरोपमा पटक–पटक पक्राउ परेका थिए ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया