प्रचण्डले भावुक हुँदै भने – प्रकाशको योगदान अभुतपुर्व

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ ।

मंगलबार राष्ट्रिय सभामा भएको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ बर्षकै उमेरमा सवै अनुभव संगालेको बताए । ‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए ।

‘जनयुद्ध ताका धेरै स्कुल फेरियो, कहिँ स्थिर भएर पढ्न सक्ने अवस्था भएन । युद्धमा गएपछि आफै सहभागी भएर विचित्रको अनुभव गरे । शान्ति प्रकृयामा पनि उनले उनले दिएका योगदान अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गए’ प्रचण्डले स्मरण गरे । उनले मृत्युवरणमा पनि देश र पार्टीलाई सहयोग गर्दागर्दै गएको आफुलाई अनूभुति भएको प्रचण्डले स्मरण गर्दै प्रकाशका राम्रा पक्षलाई स्मरण गर्नुपर्ने जिम्मेवारी आफुहरुमा रहेको बताए ।

कार्यक्रममा प्रकाश दाहाल प्रतिष्ठानका तर्फबाट प्रचण्डले आफ्ना छोरा प्रकाशको नाममा स्थापित उक्त सम्मानबाट पाँचजनालाई सम्मानित गरे।

तपाईको प्रतिक्रिया