कांग्रेस नेताले भने – यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ

Halesi

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’

खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । उनले भने,‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ ।’ उनले थपे,‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘सरकार स्थायी छ, यो सरकारलाई हामीले आवश्यक सहयोग गर्नुपर्छ ।’ यद्धपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया