१ लाख ५० हजार घुससहित शिक्षाका सब इञ्‍जिनियर पक्राउ

Halesi

काभ्रे । काभ्रेका शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव ईन्जीनीयर धनवीर भगत घुस लिएको आरोपमा पक्राउ परेका छन् । १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो।

भगतले शिक्षाकै पुर्व कर्मचारी निरजकुमार चौधरीको माध्यमाट घुस लिने गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ । आयोगले चौधरीलाई पनि नियन्त्रणामा लिएको छ ।

शिक्षा विभाग सानो ठिमी दरवन्दी रहेका भगत काजमा काभ्रेको विभिन्न ठाउँका १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया