रुपन्देहीमा गोली चल्यो, अज्ञात समूहले साढे ४ लाखभन्दा बढी लुटेर फरार

Halesi

बुटवल– आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समुहले गोली चलाएको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार इलाका प्रहरी कार्यालय सूर्यपुराकले जानकारी दिएको छ ।

बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडीबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया