सशस्त्र प्रहरीका पूर्वप्रमुख विरुद्धको मुद्दामा विशेष अदालतको फैसला: ‘आरोप बदनियतपूर्ण’

Halesi

काठमाडौं । भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक ९आईजीपी०लाई विशेष अदालतले सफाई दिएको छ। अदालतले चार पुर्व आइजीपीसहित २२ जनालाई सोमबार सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा सबै प्रतिवादीलाई सफाई दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेकले जानकारी दिए।

सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ९रकम हिनामिना० मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया