धमका दिन मलेशिया पुगेका कलाकार जेल बसेर फर्किए

Halesi

काठमाडौं। सास्कृतिक कार्यक्रमको लागि गत जुन-६ मा मलेशिया पुगेका तीन जना कलाकारहरु २४ दिनको जेल बसाई पूरा गरि बिहिवार स्वदेश फर्किएका छन्। मुस्लिमहरुको महान पर्व हरिरायाको अवसरमा अनलाइन सेमुल प्रयोगकर्ताहरुको समूह एस.एस.ओ.जी ले आयोजना गरेको धमका एकमा आफ्नो प्रस्तुति देखाउन मलेशिया पुगेका गायकद्वय सुनिता थेगिम,श्रेया राई र सुजन आङ्ग्देम्बेलाई क्वालालम्पुरको कोतराया कम्प्लेक्सको कार्यक्रम स्थलबाटै मलेशियाको अध्यगमन बिभागले पक्राउ गरेको थियोे।

अध्यागमनले गरेको कारबाहीमा स्थानीय कलाकार,आयोजक र दर्शक सहित ३२ जना पक्राउ परेका थिए । कार्यक्रम आयोजकले नेपालबाट कलाकार ल्याउदा मलेशियन अध्यागमन नीतिको मापदण्ड बिपरित ल्याएर सास्कृतिक कार्यक्रम गरेको अनुसन्धानमा देखिएपछि कलाकारहरुलाई जेल राखेको हो। पक्राउ परेका मध्य आयोजक र कार्यक्रममा सहभागी दर्शक यसअघि नै रिहा भैसकेका छन्।

यता मलेसिया स्थित नेपाली दूतावासले मलेशियामा कुनैपनि कार्यक्रमको आयोजना गर्दा वा नेपाल कलाकार बोलाउदा सरकारी नीति नियम अन्तर्गत रहेर मात्रै गर्न बिज्ञप्ति मार्फत सबैलाई सचेत गराएको छ। मलेशियास्थित विभिन्न संघसंगठन र दूतावासको पहलमा रिहा भएका ३ जना कलाकारलाई नेपाल फर्काउन कार्यक्रम आयोजकले हवाई टिकटको ब्यबस्था मिलाएका हुन ।

तपाईको प्रतिक्रिया