बजेटमा चित्त नबुझेपछि काँग्रेस निकट जनप्रतिनिधिले लगाए महानगरको गेटमा ताला

Halesi

कास्की । काँग्रेस निकटका जनप्रतिनिधिले पोखरा महानगरपालिकाको मुख्य गेटमा ताला लगाएका छन् । जनप्रतिनिधिले बिहीबार महानगरपालिकाका मेयरले बजेट समानुपातिक नभएको भन्दै ताला लगाएका हुन्।

वडाध्यक्षहरूले बिहीवार महानगरपालिकामा ताला लगाएर धर्ना दिएका छन्। महानगरले पाँचौ नगर सभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने उनीहरूले माग छ।

तालाबन्दीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने सबैलाई समटेर समान बजेट आउनुपर्छ, भेदभाव गर्न पाइँदैन भनेर पटकपटक मेयरलाई सचेत गराउँदा पनि एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाए ।

बजेट समान रुपमा आउनुपर्छ, कसैलाई भेदभाव गर्नु हुँदैन भनेर पटक–पटक सचेत गराउँदा पनि एकलौटी बजेट ल्याइयो,’ उनले भने, ‘पहिला हुन्छ हुन्छ भन्नुभयो । पछि एकलौटी ढंगबाट बजेट ल्याइयो ।’ महानगरमुखि बजेट ल्याउन खोजेको भन्दै उनले आरोप लगाए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका हुन्। बजेट वडास्तरीय आएपनि नगरस्तरीय नआएको उनीहरूको आरोप छ। ‘बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ। महानगरले पनि आफ्नो बजेट एकलौंटी रुपमा वडालाई नदिएर आफूलेमात्रै राखेर हुन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया