प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिम्सेनालाई पक्राउ गरेको छ । रसुवाली कविलाई यसअघि पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा संग्लन रहेको आरोपमा पक्राउ गरेको थियो ।
उनी केही समयअघि मात्रै काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए।
प्रहरीले झुक्किएर उनलाई पक्राउ गरेको भन्दै केही बेरमै रिहा गरेको छ । महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विप्लव नेकपा निकट ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ लाई पक्राउ गर्न गएको टोलीले सँगै रहेका श्रोतालाई झुक्किएर पक्राउ गरेको बताए ।