आज हुने भनिएको एसईईको नतिजा सर्यो

Halesi

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज प्रकाशित नहुने भएको छ ।

आज सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा भोली बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले
जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बताए ।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उपनियन्त्रक शर्मालको भनाई छ ।

तपाईको प्रतिक्रिया