काठमाडौं– उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय आज बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।
उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ ।


