खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

Halesi

कञ्चनपुर । खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा रहेको डोकेबजारमा झडप भएको हो । कञ्चनपुर जिल्लाका कामु जिल्ला प्रमुख अधिकारी सुशील वैधका अनुसार मन्त्रीको स्वागत र बिरोध गर्न आएका समूहबीच झडप भएको थियो ।

“नगरसभाको उदघाटन गर्न आउँदा मन्त्री निस्केपछि स्वागत गर्न आएका र बिरोधमा उपस्थित भएकाबीच झडप भएको हो ।” वैधले एभरेष्टदैनिकलाई भने, “हामीले स्थिति नियन्त्रणमा लिएका छौं । ठूलो घटना हुन पाएन ।” वैधका अनुसार, भीडन्तमा दुबै पक्षका केही कार्यकर्ता घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको टाउको चोट लागेका कारण नेपालगञ्ज या काठमाडौ रिफर गरिएको छ ।

झडपले तनावग्रस्त अवस्था भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले मन्त्री बीना मगर नगरसभामा सम्बोधनपछि पुनर्सवासमा रहेको कामु प्रजिअ वैधले बताए । केही महिना अघि कांग्रेस नेता विष्टले विद्युत प्राधिकरण, बेलौरी शाखा प्रमूखलाई अनावश्यक धम्की दिएको विषयलाई लिएर खानेपानी मन्त्रीले राष्ट्रसेवक कर्मचारीमाथिको हातपात खेदजनक भएको बताएकी थिइन्। सोही विषयम रिसीबी राख्दै विष्टले मन्त्रीमाथि हमला गर्न खोजको नेकपाका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया