संसदमा नेताहरूले झुटप्रसाद ओली र छेरबहादुर देउवा भनेपछि…

Halesi

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा फेरि अमर्यादित शब्दले केही समय तरंग उत्पन्न भएको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद उमाकान्त चौधरीले आइतबार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद’ ओली को संज्ञा दिए ।

त्यसप्रति प्रतिवाद गर्दै सत्तारुढ नेकपा सांसद झपट रावलले पनि प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई ‘छेरबहादुर’ देउवा भनिदिए ।‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले अब उहाँलाई झुटप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन,’ चौधरीको भनाई थियो ।

त्यसको प्रतिवाद गर्दै सांसद रावलले भने, ‘प्रतिपक्षी दलका मानीय सांसदले जसरी प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद र झुटप्रसाद भन्नुभयो, त्यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवालाई छेरबहादुर भन्न बाध्य भयौ भने के हुन्छ ?

तपाईको प्रतिक्रिया