महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु भन्दै मेयरले मागे माफी

Halesi

काठमाडौं । सार्वजनिक स्थानमा महिलामाथि अपशब्द बोलेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले शुक्रबार माफी मागेका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै चौधरीले आफूले बोलेका शब्दले चोट पर्न गएकामा क्षमा मागेका हुन् । ‘म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ मेयर चोधरीले विज्ञप्तिमा भनेका छन्, ‘तथापी सो कार्यक्रममा मैले बोलेका केही शब्दहरुले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु ।’

महिलाविरुद्ध आक्षेप लाग्ने अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना भएपछि उनले यसो भनेका हुन् । इटहरीको समृद्धिका लागि सबै पक्षको साथ र सहयोगको पनि उनले अपेक्षा गरेका छन् । ‘इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीहरुको समेत साथ सहयोगबिना सम्भव छैन,’ उनले भनेका छन्, ‘त्यसका लागि अहिलेसम्म यहाँहरुले खेल्नुभएको भूमिकाप्रति आभार प्रकट गर्दै अवाञ्छित यौनजन्य गतिविधिको अन्त्य गरी इटहरीको विकास र समृद्धिमा यहाँहरुको महत्वपूर्ण साथ सयोगका लागि हार्दिक आह्वान गर्दछु ।’

तपाईको प्रतिक्रिया