काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।


