काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राडा शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। उनलार्इ ५० हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको हो ।
नवीकरण भइसकेको मध्य बानेश्वरस्थित एम्बिसन कलेजको सम्बन्धनको नवीकरण गरिदिएकोमा धम्क्याएर, त्रासमा पारेर डा। पटेलले घुस लिएका थिए । घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन्।


