सशस्त्र प्रहरीलाई गृहमन्त्रीको यस्तो निर्देशन

Halesi

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गरे ।

प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गरे ।

राष्ट्रसेवकको मूल्यांकन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारीअनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस् ।’
प्रदेशको विशिष्टताअनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्दै गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्नसमेत सुझाव दिए ।

तपाईको प्रतिक्रिया