काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका कैलावालुस्थित सडकबाट जीप कर्णाली नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जीपमा १६ जना सवार रहेको बताइएको छ । कणाली नदीमा जीप खसेसँगै हालसम्म यात्रुको अवस्थाबारे थाहा हुन सकेको छैन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार नदीको पानी अत्याधिक चिसो भएकाले उद्धारमा समस्या आएको छ । उनले भने, ‘नदीको पानी माइनस २ डिग्री छ ।’
सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको र जिप फेला परि नसकेको उनले हुम्ला प्रहरीले जनाएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही), ड्राइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह वेपत्ता रहेका छन् । उनीहरु सबै खार्पुनाथ गाउँपालिका स्थानीय हुन् ।
यसैगरी खार्पुनाथ गाउँपालिकाण् १ की कौर कामी र उनको २ वर्षको बालक समेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एकजना मिस्त्री समेत परेका छन् तर उनको नाम भने पहिचान हुन सकेको छैन् ।


