काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । उनले गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।
प्रधानमन्त्री ओलीले भने गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन उनले भने ।
प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


