काठमाडौँ । मौसमी प्रणालीनै बंगालको खाडी आसपासमा ट्र्याप रोकिएको छ । नेपालतिर आउने मनसुनी प्रणालीसमेत अवरुद्ध भएपछि मनसुन ढिला भइरहेको कारण नेपालमा ह्वात्तै गर्मी बढिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने ‘जलवाष्पयुक्त वायु बंगालको खाडीबाट आउँथ्यो, त्यो नै आएन, कम्तिमा वायुको प्रवाह भएको भए अलि अलि बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो’ ।
अर्यालयका अनुसार मनसुनी प्रणाली सिफ्ट भएर उत्तरतिर तिर सर्दै आउनुपर्ने हो, त्यो भएको छैन । बंगालकै खाडी आसपासमा मनसुन ट्रयाप भएको छ’, उनले भने ।
अर्को, पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको छ । शनिबार धनगढी, नेपालगञ्ज, भैरहवाको तापक्रम ४४ हाराहारी पुगेको छ । आइतबार पनि काठमाडौं र पश्चिमसहित सबैतिर तापक्रम बढिरहेको छ ।


