काठमाडौं । काठमाडौंको भद्रकाली अगाडि प्रदर्शनको गर्ने क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहन शमशेर राणा नेतृत्वको राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै आज जुलुस निकालेको थियो ।सोहि जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे ।पक्राउ परेकाहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।


