वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको स्पष्टीकरण

Halesi

काठमाडौं । उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टकरण सोधेको छ ।मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया