ओम अस्पतालमा तनावग्रस्त, दुई राउण्ड अश्रुग्यास प्रहार

Halesi

काठमाडौं । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ । पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको थियो । ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।

अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । अप्रेसनमा चिकित्सकको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

झडपको थप विवरण आउन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया