काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानको एक महिने कार्यक्रममा ३१ हजार ६ सय ४२ ले कांग्रेस पार्टी प्रवेश गरेका छन्।कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सो कुराको जानकारी दिएका हुन् ।
प्रवक्ता शर्माले भने, जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।
जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको शर्माले बताएका छन् ।हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरण वैशाख २५ मा शुरू भएर जेठ २५ मा सम्पन्न भएको थियो । कांग्रेसले राष्ट्रिय जागरण अभियानको एक महिने कार्यक्रमलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा जनताले लिएको दाबी गरेको छ ।
प्रवक्ता शर्माले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको र सत्तारूढ दल नेकपाप्रति जनताको विकर्षण बढ्दै गएको निष्कर्ष निकालेका छन् ।नवप्रववेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी प्रदान गर्ने जनाएको छ ।
काँग्रेसको प्रथम चरणको उक्त अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते मा सम्पन्न भएको थियो । दोस्रो चरणको अभियान भने असोज ७ गतेसम्म चल्नेछ ।


