ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएपछि बिरामीको मृत्यु, अस्पतालमा तनाव

Halesi

काठमाडौँ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव सिर्जना भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।

मृतक थापाको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अघि सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन् ।

उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ ।

तपाईको प्रतिक्रिया