लोकसेवासँग सर्वोच्चले माग्यो विज्ञापन रद्द नगर्नु पर्ने कारण

Halesi

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग दायर गरेको रिटमा सुनवाई गर्दै बुधबार सर्वोच्च अदालतले विज्ञापन किन रद्द नगर्ने भनेर लोकसेवा आयोगसँग लिखित जवाफ मागेको छ ।

विकास ठाकुरले दायर गरेको रिटमा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले विज्ञापन रोक्न अन्तरिम आदेश भने जारी गरेको छैन । दुबै पक्षलाई ३ असारमा छलफलका लागि अदालतले झिकाउने आदेश अदालतले दिएको छ ।

सर्वोच्चको आदेशमा ‘निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो ?’ भन्दै १५ दिनभित्र आधार र कारणसहित महान्याधिवक्ताको कार्यालयमार्फत् जवाफ दिन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया