दुबई, एजेन्सी । प्रहरीले एक युरोपियन महिलालाई धोखाधडीको आरोपमा पक्राउ गरेको छ । प्रहरीले जानकारी दिएअनुसार महिलाले अनलाइनमार्फत भीख मागेकी थिइन् । उनले भीख मागेर १७ दिनमै ५५ लाख ६९ हजार रुपैयाँ जुटाएकी थिइन् । प्रहरीले दिएको जानकारी अनुसार पूर्वपतिले नै महिलाको वास्तविकता बताउँदैपक्राउ गराएका थिए ।
सामाजिक सञ्जाल मार्फत उनले बच्चाको फोटो पोस्ट गरि सहयोग मागेकी थिइन् । पतिले छोडेपछि बच्चाको पालन पोषणमा समस्या भयो भन्दै उनले सहयोग मागेकी थिइन् ।
दुबई पुलिसका आपराधिक जाँच विभागका निर्देशक जमाल अल सलेम जालफले बताए अनुसार महिलाले फेसबुक, ट्विटर र इंस्टाग्राममा बच्चाको फोटो पोस्ट गरेकि थिइन् । उनले आफ्ना नाममा धेरै अनलाईन एकाउन्ट समेत बनाएकी छन् । तर दुबई प्रहरीले महिलाको पहिचान बताएको छैन् ।
यूएईमा भीख माग्न अपराध मानिन्छ । त्यहाँको पुलिसले रमजानको दौरान भीख मागेको आरोपमा १२८ जनालाई पक्राउ गरेको थियो । यदि कोही मानिस अनलाईन मार्फत भीख मागेको थाहा भए उसलाई कानून मुताबिक २५ देखि ५० हजार दिरहमको जरिवाना लाग्ने गर्दछ ।


