पोखरामा प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान, दुईजना घाइते

Halesi

पोखरा । पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा गोली चलेको छ । अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा लागू प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान भएको हो । । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।

प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया