ट्राफिक नियम उलङ्घन गरे ट्राफिकले सवारी चालकलार्इ रोकेर चिट काट्नु कुनै नौलो कुरा होइन । तर ट्राफिकले काटेको सोही चिटको समाचार अहिले संसारभर भाइरल भएको छ । एक युवतीलार्इ ट्राफिक प्रहरीले चिट काटेपछि उनले सो चिट सामाजिक सञ्जलमा अपलोड गरेपछि भाइरल भएको हो ।
उरूग्वेको पेसेदु सहरमा केही दिन पहिले एक ट्राफिक अफिसरले बाइकमा सवार एक सुन्दर युवतीलार्इ चिट काटे । उनले चिटमा तपार्इलार्इ देखेर सडकमा हिँड्नेको ध्यान तान्ने र त्यसबाट सडक दुर्घटनाको सम्भावना हुने व्यहोरा रसिदमा लेखिदिए । यति मात्र होइन, उनले स्पेनिस् भाषामा ती युवतीसँग आफ्नो प्रेम प्रकट पनि गरे, र लेखिदिए, म तिमीलार्इ प्रेम गर्दछु ।
महिलाले भने सो चिट सामाजिक सञ्जालमा अपलोड गरिन् । उनले सामाजिक सञ्जालमा अपलोड गरेको सो चिट भाइरल नै भयो । अधिकारीहरूले सो घटनाबारे जाँच गर्न आदेश दिएका छन् ।


