गुठी विधेयक फिर्ता गर्न सत्तारुढ सांसदकै माग

Halesi

काठमाडौं । गुठीयारहरुको भावना र भनाईनै नसमेटि गुठी विधेयक ल्याइएको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका छन् । सोमबार संसदमा बोल्दै नेकपा सांसद पम्फा भुषालले गुठीयारहरुको आन्दोलनमा सरकारले गरेको दमन प्रति विरोध जनाइन् ।

नेकपा सांसद भुषासले गुठियारहरुको बाजागाजासहितको शान्तिपूर्ण विरोधमा चर्को दमन गरिनु आपत्तिजनक भएको बताइन् । उनले गुठी विधेयकमा गुठीयारको सामान्य सुझाव पनि नसमेटि विधेयक ल्याइएको भन्दै फिर्ता लिन माग गरिन् । उनले भनिन्, ‘आज ति गुठीयारहरुको राय नल्याईकन, सुझाव नलिइकन एकैचोटी माथिबाट गुठी अन्त गर्ने जुन विधेयक ल्याइएको छ त्यसलाई फिर्ता लिइयोस् ।’

सत्तारुढ दलकै सांसद रहेकी नेतृ भुषालले गुठीयारहरुको भावना र भनाई अनुसार सरोकारवालाको सहभागिता विधेयक ल्याउन सरकारलाई सुझाएकी छिन् ।

तपाईको प्रतिक्रिया