आज पनि यी स्थानहरुमा वर्षासहित हावाहुरीको सम्भावना

Halesi

काठमाडौं । पश्चिमी नेपालमा केही दिनअघि हावाहुरीले धनजनको क्षति गराएको घटना सेलाउन नपाउँदै पुनस् देशका पहाडी भागमा हावाहुरीको सम्भावना देखाइएको छ ।आज पनि पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार भोलि दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान छ । भोलि राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया