बलिउड गायिकाले प्रस्तुति दिँदा ठमेलमा तनाव, तीन जना पक्राउ

Halesi

काठमाडौं । भारतीय गायिका नेहा क्ककरको कन्सर्टका आयोजक पक्राउ परेका छन् । काठमाडौंमा गत शनिबार भएको नेहा कक्करको कन्सर्ट गरिएको ठमेलस्थित लर्ड अफ ड्रिंग्स क्लबमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको उजुरीका आधारमा इभेन्ट आयोजक दीपक घिमिरे पक्राउ परेका हुन् ।

अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

टिकट काटेका ठूलो संख्यामा दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरेले कन्सर्ट हेर्न नपाएका दर्शकको पैसा फिर्ता गरिदिने बताएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया