गुठी विधेयकविरुद्धमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनभन्दा बढि पक्राउ

Halesi

काठमाडौं । गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो ।

प्रहरीले बल प्रयोग गरी दर्जनभन्दा बढि प्रदर्शनकारीलाई पक्राउ गरेको छ । गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा विभिन्न संघ संस्थाको अगुवाईमा आज प्रदर्शन भएको हो ।विधेयक फिर्ता लिनु पर्ने र सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल बन्द हुनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले समेत सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए। गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधानसहित ल्याएको थियो।

तपाईको प्रतिक्रिया