खोटाङ– खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका फुर्वा शेर्पा घाइते भएका हुन्।
शेर्पाको दाहिने हातमा चोट लागेको ट्राफिक प्रहरी कार्यालय खोटाङकाले जानकारी दिएको छ।अनियन्त्रित भएको जीप हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। पछाडि सामान बोकेको बोलेरोमा चालक सहित पाँच जना सवार थिए।


