एजेन्सी ,विश्वका यस्ता पनि आर्किटेक्ट्स छन् जसको डिजाइन देखेर मानिसहरु अच्चम मान्छन् । अनौठा अनि आकर्षक आर्किटेक्चर विश्वका कतिपय विकसित देशहरुमा देख्न पाइन्छन् । आज हामी तपाईंलाई त्यस्तै अनौठा अनि आकर्षक आर्किटेक्चरबारे बताउन गइरहेका छौं ।
अनौठो अपार्ट
यो तस्बीर जापानको टोक्योस्थित एक अपार्टमेन्टको हो । यो अपार्टमेन्ट विशेष रुपमा बनाइएको छ । साँझको लाईट बल्नेसँगै यो अपार्टमेन्ट पुरै जगमगाउन थाल्छ । यसमा प्रयोग गरिएको लाईट र अन्य डिजाइनको कारण साँझको लाईट बलेसँगै पुरै अपार्टमेन्ट एउटा अनौठो पेंटिङ्ग जस्तो देखिन्छ ।


