दश वटै स्थानीय तहका पदाधिकारीद्धारा शफथ ग्रहण, आमूल परिवर्तन गर्ने काममा लाग्न पदाधिकारीलाई आग्रह

Halesi

खोटाङ, २५ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको दश वटै स्थानीय तहका पदाधिकारीले शफथ खाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको सबै स्थानीय तहका पदाधिकारीले शनिबार आ–आफ्नो क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा शफथ खाएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले शफथ ग्रहण गराउनुभयो । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेत, स्थायी आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्व सांसद टंक राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको उत्तरी क्षेत्रमा ऐसेलुखर्क गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा शफथ ग्रहण गराइएको छ । उक्त कार्यक्रममा प्रदेश समिति सदस्य सुरेश राई, देवविक्रम राई लगायतको उपस्थिति रहेको जनाइएको छ ।

केपिलासगढी गाउँपालिकामा प्रदेश समिति सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’ र भीम राई लगायतको उपस्थिति रहेको नेकपाले जनाएको छ । रावाबेँसी गाउँपालिकामा केन्द्रीय एवम् पूर्व सभाषद दुर्गाजयन्ती राई र प्रदेश सदस्य हरि पोखरेलको उपस्थिति रहेको थियो ।

साकेला गाउँपालिकामा प्रदेश समिति सदस्य बबि चाम्लिङ र कार्यालय सदस्य संगीनको उपस्थिति रहेको थियो । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र राई, जिल्ला सचिव राम दंगाल र कार्यालय सदस्य दिपक पाण्डे ‘आकाश’को उपस्थिति रहेको थियो ।

खोटेहाङ गाउँपालिकामा प्रदेश समिति सदस्य एवम् प्रदेशसभा सदस्य उषाकला राई र जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’ पुग्नुभएको थियो । जन्तेढुङ्गा गाउँपालिकामा पाँचकण राई ‘पिके’, प्रदेश सदस्य अरुणा राई ‘दिक्षा’ र कार्यालय सदस्य जलशेर राई उपस्थित रहनुभएको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ र पदेश सदस्य सुमन बान्तावा सहभागी रहनुभएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व प्रधानमन्त्री खनालसँगै केन्द्रीय सदस्य एवम् पूर्व सभाषद समिता कार्की ‘अस्मिता’, कायाल्य सदस्य कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

पूर्व नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा जिल्ला समिति गठन भएको खोटाङमा छ स्थानीय तह पूर्व (एमाले) र चार स्थानीय तह पूर्व माओवादीको भागमा परेको छ । एमालेको भागमा अध्यक्ष परेको स्थानीय तहको सचिवमा माओवादी र माओवादीको भागमा अध्यक्ष परेको स्थानीय तहमा एमालेको तर्फबाट सचिव चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया