काठमाडौं। काठमाडौंको अत्तरखेलमा प्रहरीले डकौती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर प्रमुख उत्तम सुवेदीका लामालाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको हो।तामाङको खुट्टामा दुई गोली लागेको छ।
तामाङको समूहले काठमाडौंको जोपाटी, बौद्ध र ललितपुरको इमाडोलका सुनपसल र आइएमी लुटपाट गरेपछि प्रहरीले खोजी तिब्र पारेको थियो। घरेलु हतियार देखाएर यो समूह लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।


