नेकपाका ललितपुर जिल्ला नेता काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

Halesi

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गतशुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा प्रवेश स्वागत गरेको हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताए । ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो । देशभक्त र असली लोकतन्त्रको पहरेदार काँग्रेस रहेछ । अहिले आएर थाहा पाएँ ।’

उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको बताउँदै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेका बताए । उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे । साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए ।

यता काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शैलीका विरोध लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने बताए । उनले भने, ‘केपी ओलीले दुई तिहाइको दम्भमा लोकतन्त्रका आधार स्तम्भ मास्दै छन् । यसका विरुद्ध लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ । काँग्रेसले सामाजिक न्याय गर्छ ।’

सरकार दलालको चङगुलमा फेसको आरोप लगाउँदै सभापति देउवाले ओली सरकारबाट जनताले विकासको आशा मारिसकेको बताए । विकास प्रेमी र देश भक्त नागरिकमा काँग्रेसप्रति फेरि आशा पलाएको उनले बताए ।

हुमागाई ललितपुरको निर्वाचन क्षेत्र १ को (ख) मा प्रदेश सभा सदस्याको उम्मेदावारका लागि सिफारिस गरिएको थियो । तर उनले टिकट पाएन ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया