कैलाली । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरी ५३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ८ बजेतिर आएका हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।


