मेयर द्वारिकलाल चौधरीको धम्कीपछि सुनसरीका पत्रकारले मागे सुरक्षा

Halesi

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्क्याएपछि बुधबार नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सुरक्षा माग गर्दै प्रहरी र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मेयर चौधरीले मंगलबार पत्रकार विराट अनुपमलाई कालोमोसो दल्ने र नाकको हड्डी भाँच्ने भन्दै धम्क्याएका थिए ।

मेयरको उक्त धम्कीपछि सुनसरीका पत्रकार असुरक्षित भएको भन्दै महासंघले सुरक्षाको प्रत्याभुति गराउन जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काले सुरक्षाको वातावरण नबनेसम्म इटहरी उप महानगरपालिकको सम्पूर्ण कार्यक्रम बहिष्कार गर्न सञ्चार जगतलाई आवहन गरिएको बताए।समग्र सुनसरी जिल्लाका पत्रकार असुरक्षित बनेका छौं, खड्काले भने, इटहरीका पत्रकार थप जोखिममा छन् ।

तपाईको प्रतिक्रिया