कान्तिपुर दैनिकमा खाएको समाचारप्रति विप्लवको घोर आपत्ति, निकाले यस्तो विज्ञप्ती

Halesi

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कान्तिपुर दैनिकमा प्रकाशिक समाचारप्रति आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले समाचार अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयबाट प्रेरित भएर लेखिएको भन्दै आपत्ति जनाएको हो ।

नेकपा कार्यालय सचिव धुव्रद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको वास्तविकताभन्दा बाहिर लेखिएको आरोप लगाइएको छ । ‘कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा बदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ । हाम्रो पार्टी विचार, भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

नेकपाले समाचारको न्यूनतम आधार पुरा गर्न र गलत प्रचार नगर्न आग्रह गरेको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, ‘फेक न्यूजको खेती नगर्न, सनसनीपूर्ण र उत्तेजित समाचार पस्किएर व्यवसाय धान्ने हो कि तथ्यगत समाचार बनाउन हामी सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछौं ।’

चन्द समुहमा अन्तर्विरोध चर्किदैं शिर्षकमा कान्तिपुर दैनिकले बुधबार समाचार प्रकाशित गरेको थियो । समाचारमा केहि दिन अघि भएको विस्फोटमा कार्यकर्ताकै ज्यान गएको घटनालाई नयाँ ‘सेक्टर काण्ड’का रुपमा अथ्र्याइँदै पार्टी भित्र ठुलो अन्तर्विरोध चर्किएको लेखिएको छ ।

स्मरणरहोस २०४४ मा तत्कालीन नेकपा मसालका महासचिव मोहन वैद्यको नेतृत्वमा उपत्यकाका ४र५ प्रहरी सेक्टरमा भएको दोहोरो भिडन्तमा केही प्रहरी र पार्टी कार्यकताहरु घाईते भएका थिए । पञ्चायत व्यवस्थाका विरुद्धमा भएको हमलामा धेरै कार्यकता पक्राउ पनि परेका थिए । जसलाई मसालभित्र ९सेक्टर काण्ड०को रुपमा चर्चा गरिन्छ । जसको कारण महासचिवबाट वैद्यले राजीनामा दिन बाध्य भएका थिए ।
यस्तो छ नेकपाले निकालेको विज्ञप्ती

तपाईको प्रतिक्रिया