लोकसेवा आयोगको विज्ञापनप्रति समाजवादी पार्टीको आपत्ति, निकाल्यो यस्तो बिज्ञप्ती

Halesi

काठमाडौं– समाजवादी पार्टी नेपालले लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विरोध गरेको छ । सो पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै आयोगले प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा कानुन विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्नासम्बन्धी सूचना अविलम्ब फिर्ता लिन समेत भनिएको छ । आयोगले केही दिनअघि करिब ९ हजारभन्दा बढी कर्मचारी भर्ना सम्बन्धी विज्ञापन प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया