काठमाडौं । गृह मन्त्रालयले मंगलबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेको छ ।गृहमन्त्रालयले मंगलवार पर्वत, रोल्पा, रूकुम पश्चिम, सर्लाही, नुवाकोट, कपिलवस्तु, रुपन्देही र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।
साथै सरकारले तनहुँ, सिरहा, डोटी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, सिन्धुली, उदयपुर र गोरखामा का.मु सीडीओ तोकेको छ ।


