काठमाडौं । फेसबकका विभिन्न भविष्यवाणी गरेर आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ परेका छन् ।क्षेत्रीलाई देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।


