नेकपा वैठक निष्कर्षमा पुगेन, भोली फेरि बस्ने, मापदण्डमै विवाद

Halesi

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को मंगलबार बसेको सचिवालय वैठक विना निष्कर्ष टुंगीएको छ । जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयन गर्ने विषयमा कुरा नमिलेपछि वैठक निष्कर्ष विहिन बनेको हो ।

सहमतिको लागि दुईपटकसम्म बैठक बसेको थियो । बिहान बालुटारमा अध्यक्षद्धय र वरिष्ठ नेता माधव नेपालसहितको शीर्ष नेताहरूको बैठक पनि बसेको थियो । दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा सचिवायल वैठक बसेको थियो ।

मापदण्डमै विवाद
जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको विषयमा मापदण्डमा कुरा नमिलेको नेकपा स्रोतले बताएको छ । सचिवालय बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सह–इञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद उत्पन्न भएको छ । माधवकुमार नेपालसहितकका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् ।

सचिवालय बैठक भोलि फेरि बस्ने बताइएको छ । बुधबारको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको विषय सम्पन्न गरेमा प्रवास संगठनको एकीकरण लगायतका काम र अरु विषय पनि छलफल गरिने नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

तपाईको प्रतिक्रिया