इन्धनमा अनियमितता भएको गुनासो बढेपछि अब विभागले ट्याङकर जाँच्ने

Halesi

काठमाडौं । इन्धन अनियमितता भएको गुनासो बढेपछि गुणस्तर तथा नापतौल विभागले अब आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ । विभागको वीरगञ्ज कार्यालयले परिपत्र गर्दै ढुवानीमा संलग्न ट्यांकरहरुलाई स्ट्याण्डर्ड जाँच गर्न भनेको छ । आयल निगमको डिपोबाट तोकिएको परिणामभन्दा थोरै तेल डिलरहरुलाई पठाएको गुनासोपछि विभाग सक्रिय भएको हो ।

निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद रहँदै आएको छ । व्यवसायीहरुले आफुहरुलाई अन्यायमा पारिएको गुनासो गर्दै आएका छन् । व्यवसायीहरुले एक सय लिटरसम्म इन्धन कम हुने गरेको बताउँदै आएका छन् ।

व्यवसायीले भारतीय क्यालिब्रेसनलाई आधार मान्दा समस्या आएको बताउँदै आएका छन् । हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिबे्रसन गर्नुपर्ने नियम हुँदाहुँदै पनि लागु नगरिदिंदा समस्या आएको बताइन्छ । अहिले भारतीय क्यालिब्रेसनलाई आधार बनाएर काम चलाउँदै आइएको छ । व्यवसायी त्यसलाई आधार मान्दा मापदण्ड अनुरुप नहुने भन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया