बुटवल । आगामी आर्थिक वर्षको बजेटमा संघीय सांसदलाई ६ करोड उपलब्ध गराउनु संघीयताको सिद्धान्त विपरीत भन्दै प्रदेश-५ का सांसद तुलाराम घर्ती मगरले विरोध जनाएका छन् । उनले संघका सांसदलाई रकम दिने निर्णय खारेज नभए प्रदेश सांसदले पनि पाउनु पर्ने माग गरे ।
प्रदेशसभाको आइतबार बसेको विशेष बैठकमा बोल्दै मगरले सांसद विकास कोषको व्यवस्था संघीयताको सिद्धान्त विपरीत भएको भन्दै खारेज हुनु पर्ने माग राखे । केन्द्रका सांसदले ६ करोडको पोको बोकेर निर्वाचन क्षेत्रमा जाँदा प्रदेश सांसदहरु टुलुटुलु हेरेर बस्ने अवस्था किन सिर्जना गर्ने रु, उनले प्रश्न गर्दै भने, ‘संघीयता कर्यान्वयन गर्ने हो भने ६ करोड खारेज हुनुपर्छ ।’ खारेज नभए प्रदेशसभा सदस्यहरुलाई पनि रकम उपलब्ध गराउनुपर्ने उनले माग गरे ।


