काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सत्तारुढ नेकपामा प्रवेश गरेका पार्टी पोलिटब्यूरो सदस्य पदम राईलाई कारबाही गरेको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै पार्टी विरुद्धका गतिविधिमा संलग्न रहेका कारण साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।
क्रान्तिको कठिन तर महान प्रकृयामा टिक्न नसकेका कयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो’ प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती


