काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पार्टी एकताका बाँकी टुंग्याउने बारे दुई अध्यक्षबीचमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पछिल्लो समयमा नेकपाभित्र पैदा भएको तरङ्ग र सोमबार बस्ने सचिवालय बैठकको ऐजेण्डाबारे छलफल भएको श्रोतले बताएको छ ।
नेकपाका अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सरकार परिवर्तनका विषयमा दिएको अभिव्यक्तिले तरङ्ग पैदा भएको छ । बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागि थिए । रातोपाटीबाट


